"Swa Astitwako Khoj": An Analysis
"स्वअस्तित्वको खोज" विविध कारणले नलेखिने र लेखे पनि पाउनुपर्ने चर्चा नपाउने नारीहरूलेभोगेको दस्तावेज हो र यसको प्रकाशन स्वागतयोग्य छ । नारीहुनुकै कारण विभिन्नखाले नियन्त्रण, अप्ठ्यारा र समस्याकोसामना गर्नुपरेका अनुभवहरूलेसजिएको यो पुस्तकमात्यस्ता नारीको कथा व्यथासमेटिएको छ जसले जिन्दगीमाकेही गरेर देखाए। विशेषगरी साहित्यमाआफ्नो प्रतिभा प्रदर्शन गरेकामहिलाले आफ्नो अनुभवको पोकोयहाँ फुकाएका छन्। नितान्त नारीअनुभव, जस्तै रजस्वला रगर्भाधानका अनुभव, पनि यहाँव्यक्त भएका छन्। अनि बाआमालेछोरा पाउन गरेकोहत्ते र छोरीजन्मिदाँ देखाएको निराशा, इज्जतसँगजोडेर स्वतन्त्रतामा लगाएकोबन्देज, विवाह गरेर गएपछिश्रीमानको घरमा सामनागर्नुपर्ने अप्ठ्यारा, घरायसी कामकाबोझ सम्हाल्दा सम्हाल्दैसाहित्यसेवामा लागेको अनुभव, अभिव्यक्तिस्वतन्त्रताका बाधा, पितृसत्तात्मक सोचभएका नारीले नैअन्य नारीमाथि गर्नेभेदभाव, पुरुषले गर्ने शारीरिकतथा मानसिक हिंसा आदिकोखुलस्त विवरण पढ्न पाइन्छयो पुस्तकमा ।विशेषगरी मलाई अर्चनाथापा, अमृता लम्साल, कल्पना बान्तवा, सीताजी, मनीषागौचनका लेख मनपरे । मोमिलार गीता त्रिपाठीकालेख अलि जटिललागे भने शीला सेनर हरिमाया भेटवालकालेख पुस्तकको थिमबाटभड्किएको जस्तो लाग्यो ।अन्य लेखिकाहरूका रचनापनि राम्रा छन्यद्यपि साहित्यकारभैकन पनि भाषाएकदम सपाट रनीरस भएकाले एक दुईजनाकोचाहिँ झुर लागेरपढ्नै मन भएनमलाई । तरनारी पाठकहरूले यीलेखमा समानुभूति भेटछन् भने पुरुषपाठकले नारीहरूको अवस्थाका बारेमासंवेदनशील हुनुपर्ने सन्देश पाउँछन्। नारीलाईहेपेर "तिमीहरूले पनि लेख्नसक्छौर?" भन्ने सौभिनिस्टिक सोचाइपाल्ने पुरुष देख्दा रिसउठ्छ, मानौं राम्रो लेख्नु भनेको पुरुषकै ठेक्का हो ! । नारीको बारेमा पुरुषलेलेख्दै आएका थिएहालसम्म र त्योत्यति प्रभावशाली थिएन ।यहाँ त नारीलेनै आफ्ना कुरालेखेका छन् जसबाटइमान्दारी झल्किन्छ । हामीपुरुषले नारीलाई कस्तो व्यवहारगरिरहेका रहेछौं तभनी आत्मनिरीक्षण गर्नलाईबाध्य बनाउँछ योपुस्तकले । समग्रतामाकुरा गर्दा योनेपालीमा आवश्यक पुस्तक होर सम्पादकलाई योविषयवस्तुमा पुस्तक प्रकाशनको विचारआएकोमा धन्यवाद दिनु वांछनीयछ ।
